अपराध
बलात्कार आरोपमा भक्तपुरका टेकबहादुर चन्द पक्राउ

बलात्कार आरोपमा भक्तपुरका टेकबहादुर चन्द पक्राउ


  • 5.3K
    SHARES
    • आश्विन १२, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 8.2K Views

    बलात्कार आरोपमा भक्तपुरका टेकबहादुर चन्द पक्राउ

    भक्तपुर । आफ्नै घरमा काम गर्ने महिलामाथि बलात्कार गरेको आरोपमा भक्तपुर प्रहरीले बुधबार एक जनालाई पक्राउ गरेको छ ।

    images

    बैतडी सिगास गाउँपालिका ५ घर भई भक्तपुरको मध्यपुर थिमि नगरपालिका ९, बोडे बस्ने ४९ वर्षीय टेकबहादुर चन्दलाई बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको हो । आफ्नै घरमा काम गर्ने १९ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा उनलाई पक्राउ गरेको परिसरका सूचना अधिकृत राजु पाण्डेले बताए ।

    प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको उनले जनाए । पक्राउ परेका चन्दमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ । 

  • सम्बन्धित विषय:

  • # अपराध

  • तेस्रो आँखा
    लेखकबाट थप