काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा) नेपालका अध्यक्ष कमल थापाले सत्तामा पुग्न र टिकिरहनका लागि विदेशी शक्तिको आशीर्वाद खोज्ने प्रवृत्तिले मुलुक स्वाधीन बन्न नसक्ने बताएका छन् । राप्रपा नेपाल केन्द्रीय पदाधिकारी, प्रदेश अध्यक्ष र जिल्ला अध्यक्षहरूको संयुक्त भर्चुअल बैठकलाई आज सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् ।
उनले विदेशी दबाब र प्रभावलाई अस्वीकार गर्न सक्ने नेतृत्व अहिले मुलुकले खोजिरहेको बताए।
उनले राजनीतिमा निष्ठा र इमानदारी आवश्यक हुने चर्चा गर्दै उनले राजनीतिलाई फोहरी बन्न नदिन जनताले चुनावमार्फत सही नेतृत्व छान्नुपर्नेसमेत बताए । राष्ट्रियताको सम्वर्द्धन, प्रजातन्त्रको सुदृढीकरण र आर्थिक समृद्धिको एजेन्डा बोक्ने दललाई जनताले रोज्नुपर्ने उनको भनाइ थियो ।
अध्यक्ष थापाले पछिल्लो समय मनी र मसल राजनीतिमा हाबी भएको आरोप लगाएका छन् ।
