जसपा परित्याग गर्दै कार्कीले भने - पार्टी लोकतान्त्रिक सर्वसत्तावादी प्रवृत्तिबाट चल्यो

जसपा परित्याग गर्दै कार्कीले भने - पार्टी लोकतान्त्रिक सर्वसत्तावादी प्रवृत्तिबाट चल्यो


  • 5.7K
    SHARES
    • आश्विन १२, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 8.8K Views

    जसपा परित्याग गर्दै  कार्कीले भने - पार्टी लोकतान्त्रिक सर्वसत्तावादी प्रवृत्तिबाट चल्यो

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारिणी सदस्य युवराज कार्कीले पार्टी परित्याग गरेका छन् ।  उनले विराटनगरमा बुधवार पत्रकार सम्मेलन गरी आफूले पार्टी परित्याग गरेको जानकारी दिएका हुन् । 

    images

    कार्कीले जसपाको पार्टी परिचालनको कार्यशैली समिति प्रणालीमा नभई अलोकतान्त्रिक सर्वसत्तावादी प्रवृत्तिबाट सञ्चालित रहेको आरोप लगाए । उनले पार्टी स्वेच्छाचारी रूपमा सञ्चालन गरिएको र खस आन्दोलनलाई धोकादिने काम भएकोले आफूले पार्टी परित्याग गरेको बताए । 

    उनले खस, मधेसी र आदिवासीलगायत अन्य विभिन्न मुद्दालाई उठान गर्न पहिचानवादी नयाँ पार्टी गठन गर्ने बताए । जसपा पार्टी परित्याग गरेपछि अब उपरान्त आफूले विगतमा उठाउँदै आएका मुद्दाहरूलाई थप प्रभावकारी रूपमा अगाडि बढाउँदै राष्ट्रिय मुक्तिको अभियानमा जुट्ने उनले बताए । 

  • सम्बन्धित विषय:

  • # जसपा

  • तेस्रो आँखा