काठमाडौं । सरकारले नेपाली सेनाका आठ प्रमुख सेनानीको महासेनानी (कर्णेल)मा बढुवा गरेको छ ।
आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आयोगले बुधबारदेखि निर्वाचन आचारसंहिता लागु गरेपछि अघिल्लै दिन सरकारले आज मेजरलाई कर्णेलमा बढुवा गरी पदस्थापन गर्ने निर्णय गरेको हो ।
‘नेपाली सेनाको साधारण सेवातर्फका वीरेन्द्र मल्ल ठकुरीसमेत आठ प्रमुख सेनानीको महासेनानीमा बढुवा गरी पदस्थापन गर्ने निर्णय भएको छ,’ एक मन्त्रीले भने, ‘महासेनानीहरुको पदस्थापन कहाँ कहाँ भयो भन्नेबारे चाहिँ अहिले म तपाईँलाई बताउन सक्दिनँ ।’
