काठमाडौं । महन्थ ठाकुरको नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेतृ चन्दा चौधरीले नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई सदस्यता प्रदान गरेका थिए भने देउवा पत्नी आरजु राणा देउवाको हातबाट उनले टीका थापेकी हुन् ।
देउवा–आरजु मिलेर चौधरीलाई कांग्रेसमा स्वागत गरिएको थियो । लोसपाकी निवर्तमान सांसद हुन् । पूर्वमन्त्री समेत हुन् चन्दा चौधरी ।
आगामी निर्वाचनमा सर्लाही–४ बाट उठ्ने गरी कांग्रेस प्रवेश गराइएको चर्चा भइरहेको छ । उक्त क्षेत्रबाट अमरेशकुमार सिंहले जितेका थिए । तर, यसपटक सिंह सिफारिसमै परेका छैनन् ।
