शेखर समूहको चियापान कार्यक्रममा के हुँदैछ छलफल  ?

शेखर समूहको चियापान कार्यक्रममा के हुँदैछ छलफल  ?


  • 6.2K
    SHARES
    • आश्विन १३, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 9.5K Views

    शेखर समूहको चियापान कार्यक्रममा के हुँदैछ छलफल  ?

    काठमाडौं । नेपाली कांग्रेस शेखर कोइराला समूहले आज बिहान बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।  

    images

    चियापान कार्यक्रमको शीर्षक ‘दसैँ तिहारको शुभकामना आदानप्रदानसँगै पार्टीको आन्तरिक एकता, समान अवसर र एकताका लागि’ राखिएको छ । चियानपान कार्यक्रममा आगामी रणनीतिबारे छलफल हुने नेताहरूले बताएका छन् । 
     
    निर्वाचन आयोगमा बुझाइएको प्रतिनिधिसभाको समानुपातिकतर्फको बन्दसूचीप्रति शेखर समूहले असन्तुष्टि जनाउँदै आएको छ । शेखर समूहका नेताहरूले संस्थापन पक्षविरुद्ध विभिन्न गतिविधिसमेत गर्दै आएका छन् ।

     हिजो उनीहरूले पार्टी कार्यालय सानेपामा धर्ना दिएका थिए । धर्नामा सो समूहका शीर्ष नेता तथा पदाधिकारीको भने सहभागिता थिएन । 
     
    आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा पार्टीका तर्फबाट समानुपातिक बन्दसूची तय गर्दा उचित तवर नभएको नेता कोइराला समूहका नेताको आरोप छ ।
     
    कांग्रेस पार्टी कार्यालयले भने सर्वसम्मतिले समानुपातिक उम्मेदवारको नामावली टुङ्गो लगाइएको स्पष्ट पारेको छ । कांग्रेस केन्द्रीय कार्यालयमा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता डा प्रकाशशरण महतले पार्टीको विधानबमोजिम सम्बन्धित निकायबाट सिफारिस भई केन्द्रमा आएका नामउपर केन्द्रीय संसदीय समितिको बैठकले समानुपातिक उम्मेदवारको नामावली टुङ्गो लगाएको बताएका थिए । 

  • सम्बन्धित विषय:

  • # कांग्रेस

  • तेस्रो आँखा