एमाले सचिवालय बैठकमा छलफल हुने अजेन्डा ?

एमाले सचिवालय बैठकमा छलफल हुने अजेन्डा ?


  • 5.9K
    SHARES
    • आश्विन १३, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 9.1K Views

    एमाले सचिवालय बैठकमा छलफल हुने अजेन्डा ?

    काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ । असोज २३ गते प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फको उमेदवारी दर्ता गर्नुपर्ने भएकाले सोही विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।  यस्तै बैठकमा निर्वाचन आयोगमा पेस गरिएको समानुपातिक सूचीबारे पनि छलफल हुने बताइएको छ । 

    images

    एमालेमा प्रत्यक्ष तर्फका उमेदवारका लागि तल्ला कमिटीले सिफारिस गरिसकेका छन् । यसअघि बसेको केन्द्रीय कमिटी बैठकले उम्मेदवार छान्ने जिम्मेवारी सचिवालयलाई दिएको थियो । 

    बैठक दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बस्ने बताइएको छ । 

  • सम्बन्धित विषय:

  • # एमाले

  • तेस्रो आँखा