डेंगुबाट एक महिलाको मृत्यु

डेंगुबाट एक महिलाको मृत्यु


  • 5.9K
    SHARES
    • आश्विन १३, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 9.0K Views

    डेंगुबाट एक महिलाको मृत्यु

    काठमाडौं ।  डेंगुको संक्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । राप्ती नगरपालिका–७ निवासी ४० वर्षीया महिलाको डेंगुका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।  

    images

    स्थानीय मौलाकालिका पोलिक्लिनिकमा परीक्षणका क्रममा डेंगु पुष्टि भएको थियो । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए ।  यसअघि असोज २ गते रत्ननगर नगरपालिका–१ का २७ वर्षीय पुरुषको डेंगुका कारण मृत्यु भएको थियो ।

    जिल्लामा हालसम्म सात सय ४३ मा डेंगु संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये चार सय ५९ चितवनका रहेका छन् । बाहिरी जिल्लाका एक सय ७५ जना र ठेगाना नखुलेका एक सय नौ जना रहेका छन् । चार हजार चार सय ४९ जनाको परीक्षणका क्रममा उनीहरुमा डेंगु संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ ।  

  • सम्बन्धित विषय:

  • # डेंगु रोगको संक्रमण

  • तेस्रो आँखा