सहमति नजिक
सिट बाँडफाँड टुंग्याउँदै सत्ता गठबन्धन !

सिट बाँडफाँड टुंग्याउँदै सत्ता गठबन्धन !


  • 5.2K
    SHARES
    • आश्विन १३, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 8.0K Views

    सिट बाँडफाँड टुंग्याउँदै सत्ता गठबन्धन !

    काठमाडौं । सत्ता साझेदार दलहरु प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँड गर्न घनिभूत छलफलमा जुटिरहेका छन् । गठबन्धनका शीर्ष नेताहरू आगामी निर्वाचनका लागि लगभग सिट बाँडफाँटको सहमति नजिक पुगेको बुझिएको छ । केही ठाउँमा भने अझै आ-आफ्नै अडान कायम छ । 

    images

    गठबन्धनमा आबद्ध राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताबीच बुधबार रातिसम्म घनिभूत छलफल भएपछि सिट बाँडफाँटको विषयमा लगभग सहमति जुटेको  जनाइएकाे छ । 

    छलफलले केही क्षेत्रका थोरै सिटबाहेक सबै क्षेत्रमा टुंगो लगाएको छ । हालसम्म नेपाली कांग्रेसले ८३, नेकपा माओवादी केन्द्रले ३६, नेकपा एकीकृत समाजवादीले १४, जनता समाजवादी पार्टीले १३ र राष्ट्रिय जनमोर्चाले २ सिट लिने सहमति भएको गठबन्धननिकट केही नेताहरुले सञ्चारकर्मीलाई जनाएका छन् । 

  • सम्बन्धित विषय:

  • # सत्ता गठबन्धन
  • # सिट बाँडफाँड

  • तेस्रो आँखा