काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले माधवकुमार नेपालले अवसर नपाए पार्टी र नेताहरूलाई गाली गर्ने प्रवृति आफ्नो पार्टीभित्र पनि देखापरेको बताएका छन्।
अखिल नेपाल महिला संघको कार्यक्रममा उनले आफूलाई अवसर दिए उचित र अरूलाई अवसर दिँदा नकारात्मक रूपमा लिने प्रवृति आफ्नो पार्टीभित्र पनि देखापरेको बताएका हुन्। उनले पटकपटक पद नपाए पार्टी नै त्याग्ने प्रवृत्ति बढेको बताए ।
“अहिले मान्छेमा मैले के पाएँ भन्ने प्रवृत्ति बढेको छ । आफूले पाएको छैन भने अनुहार नै अँध्यारो । पाएको छ भने छोइनसक्नु,” उनले भने “आफूले पटक–पटक पाएको छ भने ठिक अरूले एकचोटि पाउन थाल्यो भने त्यसलाई सकारात्मक रूपमा नलिने । यस्ता खालका रोग महिला, पुरुष ,युवा, विद्यार्थी समाजमा देखिएको छ ।”
उनले कम्युनिस्ट आन्दोलनमा हुँदै अहिले आफ्नो पार्टीमा पनि देखिन थालेको टिप्पणी गरे । “सधैँ अवसर दिए पार्टी जिन्दावाद भन्ने । अवसर पाउन्न कि भन्ने लागे तुरुन्तै हाम फाल्ने । अन्त गएर राजनीतिक जीवन समाप्त पार्ने प्रवृत्ति देखिएको छ,” नेपालले भने । अहिले राजनीतिमा चरम भ्रष्टचारी प्रवृति हावी भएकाले जनताहरूको विश्वास गुम्दै गएको उनको भनाइ छ।
त्यस्तै, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अव समाजवादको बाटोमा हिँड्नुको विकल्प नभएको बताए।
