काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको बन्द सूची हेरफेर हुने बताएका छन् ।
काठमाडौं क्षेत्र नम्बर ४ मा आयोजित पार्टीको कार्यक्रममा उनले असन्तुष्टि सम्बोधन हुने गरी सूची परिमार्जन हुने बताएका हुन् । ३ असोजमा पार्टीले बुझाएको नामावलीप्रति डा.शेखर कोइराला पक्षले असन्तुष्टि जनाएको छ ।
कार्यक्रममा सहभागी एक नेताका अनुसार माग सम्बोधन हुने गरी नयाँ सूची तय हुने थापाले आश्वासन दिएका छन् ।
