• ट्रेण्डिङ्ग :
एमालेको ६ घण्टाभन्दा बढि बसेको बैठकले के गर्‍यो निर्णय  ?

एमालेको ६ घण्टाभन्दा बढि बसेको बैठकले के गर्‍यो निर्णय  ?


  • 4.8K
    SHARES
    • आश्विन १४, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 7.3K Views

    एमालेको ६ घण्टाभन्दा बढि बसेको बैठकले के गर्‍यो निर्णय  ?

    काठमाडौं । नेकपा (एमाले) आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फका उमेदवारका बारेमा छलफल गरेको छ । 

    images

    हिजो अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकमा को–को उमेदवार बनाउन सकिन्छ भनेर छलफल प्रारम्भ भएको उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका हुन् ।

    'को को उम्मेदवार हुन सक्छ भन्नेमा प्रारम्भिक छलफल भयो। प्रदेश सभामा ३३० सिटमा सम्भावित उम्मेदवारबारे छलफल चलाएका छौ,' गुरुङले भने।  बैठक ओली निवास बालकोटमा बिहीबार साँझदेखि सुरु भएर अबेर रातिसम्म चलेको थियो।
     
    ६ घण्टाभन्दा लामो समय बसेको बैठकमा प्रतिनिधिसभाको १६५ र प्रदेशसभाको ३३० निर्वाचन क्षेत्रमा सम्भावित उमेदवारबारे छलफल भएको हो ।  छलफल भएतापनि प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्रको उम्मेदवारबारे भने सचिवालयको अर्को बैठक बसेर टुंगो लगाउने तय भएको छ। यस्तै एमालेभित्रका १० बुँदे सहमतिबाट आएका नेताहरुका बारेमा भने बिहीबार छलफल नभएको गुरुङले जानकारी दिए।


    तेस्रो आँखा