काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले शुक्रबार (आज) आफ्नो उम्मेदवारी घोषणा गर्दै छन् । उनले साढे १२ बजे थापागाउँमा पत्रकार सम्मेलन गरेर उम्मेद्वारी घोषणा गर्न लागेका हुन् ।
उनले ४ मंसिरमा हुने निर्वाचनमा प्रतिनिधिसभातर्फ काठमाडौं क्षेत्र नम्बर १ बाट चुनाव लड्ने बताइएको छ । मंगलबारमात्रै मिश्र राप्रपामा प्रवेश गरेका थिए ।
