• ट्रेण्डिङ्ग :
मनसुनी वायुको सामान्य प्रभाव, कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा

मनसुनी वायुको सामान्य प्रभाव, कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा


  • 5.8K
    SHARES
    • आश्विन १५, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 9.0K Views

    मनसुनी वायुको सामान्य प्रभाव, कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा

    काठमाडौं । देशको अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कर्णाली प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

    images

    आज (शनिबार) दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । महाशाखाका अनुसार प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनीका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

    राति भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले नियमित बुलेटिनमार्फत जनाएको छ । हाल देशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । 

    भोलि (आइतबार) दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यत: सफा रहनेछ । देशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । 
     
    प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले उक्त क्षेत्रमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिमका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # मौसम
  • # आजको मौसम

  • तेस्रो आँखा