सवारी दुर्घटनामा एकको मृत्यु, सात घाइते

सवारी दुर्घटनामा एकको मृत्यु, सात घाइते


  • 6.8K
    SHARES
    • आश्विन १५, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 10.5K Views

    सवारी दुर्घटनामा एकको मृत्यु, सात घाइते

    सवारी दुर्घटनामा एकको मृत्यु, सात घाइते

    धादिङ ।  धादिङको नीलकण्ठ नगरपालिका–१० हनुमानडाँडा नजिकै आज दिउँसो सवारी साधन दुर्घटना हुँदा एकको मृत्युु र अन्य सात जना घाइते भएका छन् । कपिलवस्तुबाट धादिङबेँसी हुँदै सल्यानटार जाँदै गरेको ना४ख ८०४१ नम्बरको ट्रक सडकमा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताउनुभयो । मृत्यु भएका पुरुषको सनाखत हुन सकेको छैन । 

    images

    सल्यानटारमा यही असोज २८ गतेदेखि हुने स्थानीय महोत्सवका लागि स्टलको सामान लिएर जाँदै गरेको ट्रक मोडमा पल्टेको प्रत्यक्षदर्शी मनिष तामाङले बताउनुभयो । दुर्घटनापछि अन्य सवारी साधनमा आउनेले घाइतेलाई  उद्धार गरी धादिङ अस्पताल पठाएका थिए ।  घाइतेमध्ये पाँच जनाको अवस्था जटिल रहेको छ भने दुईको अवस्था सामान्य छ ।

  • सम्बन्धित विषय:

  • # सवारी दुर्घटना

  • तेस्रो आँखा
    लेखकबाट थप