काठमाडौंमा बालेनको पुत्ला दहन, कानुन विपरीत काम गरेको आरोप

काठमाडौंमा बालेनको पुत्ला दहन, कानुन विपरीत काम गरेको आरोप


  • 5.9K
    SHARES
    • आश्विन १५, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 9.1K Views

    काठमाडौंमा बालेनको पुत्ला दहन, कानुन विपरीत काम गरेको आरोप

    काठमाडौं । काठमाडौंको बांगेमुढास्थित सामुदायिक भवन (थायमदु त्वास्छे) मा शनिबार साँझ स्थानीय वासिन्दाले मेयर विरुद्ध साह प्रदर्शन गरेका छन् । काठमाडौं महानगरपालिकाले डोजर चलाएको विरोधमा स्थानीय वासिन्दाले प्रदर्शन गरेका हुन् । 

    images

    उनीहरुले डोजर आतंक बन्द गर, नेवा एकता जिन्दावाद, नेवा विरोधी होसियार जस्ता नारा लगाएका थिए । यस्तै उनीहरुले महानगरपालिकाको वडा नम्बर २५ का वडाध्यक्षविरुद्ध पनि नाराबाजी गरेका छन् ।

    महानगरपालिकाले शुक्रबार वडा नम्बर २५ मा रहेको एक सामुदायिक भवन डोजर लगाएर भत्काएपछि स्थानीय वासिन्दा आन्दोलनमा उत्रिएका हुन् । काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार सुमन साय्मीले काठमाडौं महानगरपालिकाले कानुन विपरीत काम गरिरहेको आरोप लगाए ।

    ‘अतिक्रमण गरेको छ भने मार्किङ गर्नुपर्छ, यहाँको मान्छेको समर्थन लिएर काम गर्नुपर्छ’ उनले मेयर बालेनप्रति लक्षित गर्दै भने, ‘उहाँको सोच बदलिनुपर्छ । डोजरले घर भत्काएर समाधान हुदैन ।’ स्थानीयले मसाल जुलुस निकाल्नुका साथै मेयर बालेन साहको पुत्ला पनि दहन गरेका छन् ।  

     

  • सम्बन्धित विषय:

  • # बालेन शाह

  • तेस्रो आँखा
    लेखकबाट थप