कांग्रेस पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना आजै देखि शुरु हुने

कांग्रेस पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना आजै देखि शुरु हुने


  • 10.5K
    SHARES
    • मंसिर २९, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 16.2K Views

    कांग्रेस पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना आजै देखि शुरु हुने

    तेस्रो आँखा २९ मंसिर , नेपाली कांग्रेसको पदाधिकारी र केन्द्रीय सदस्यतर्फ मतगणना आजै दिउँसोबाट सुरू हुने भएको छ।

    images

    नेपाली कांग्रेस निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले पदाधिकारीको मतगणना दिउँसोबाट सुरू जानकारी दिए। निर्वाचन समितिका संयोजक घिमिरेका अनुसार आजै १ तहको मतगणना गर्ने कुन तहको हुन्छ भन्ने चै बैठक बसेर पास गर्ने वताए ।

    केही समय शारीरिक रूपमा रेष्ट गरेपछि हामी पदाधिकारीबाट नै मतगणना सुरू गर्नेछौ संयोजक घिमिरेले वताए । अन्य पदाधिकारीको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ। यसको मतपेटिका चुनावकै दिन सोमबार राति पार्टी कार्यालयमा लगेर राखिएका छन्।

    आज मत गन्न थालेर आगामी पुस ५ गते भित्र सबै मत परिणाम आइसक्ने निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए। कांग्रेसको १४औँ महाधिवेशनमा चार हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि रहेका थिए। एक सय ३२ पदका लागि ४ सय ८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।


    तेस्रो आँखा