• ट्रेण्डिङ्ग :
विवेकशीलद्वारा 'विचारभन्दा माथि देश’ दस्तावेज खारेज

विवेकशीलद्वारा 'विचारभन्दा माथि देश’ दस्तावेज खारेज


  • 3.6K
    SHARES
    • आश्विन १५, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 5.5K Views

    विवेकशीलद्वारा 'विचारभन्दा माथि देश’ दस्तावेज खारेज

    काठमाडौं । विवेकशील साझा पार्टीले ‘विचारभन्दा माथि देश’ दस्तावेज खारेज गरेको छ । पार्टी केन्द्रीय समितिको बैठकबाट उक्त दस्तावेज खारेज गर्ने निर्णय गरिएको हो ।

    images

    प्रवक्ता परियारले शनिबार जारी गरेको विज्ञप्तिमा 'शुक्रबार बसेको पार्टी केन्द्रीय समिति बैठकले उक्त दस्तावेजकै कारण पार्टीभित्र तीव्र राजनीतिक असहमति सुरु भएको र त्यसले पार्टी निर्माण र पब्लिक सर्भिस डेलिभरीको आशावादी राजनीतिक मिसन प्रत्युत्पादक भएको निष्कर्ष निकाल्दै दस्तावेज खारेज गर्ने निर्णय गरिएको हो,' भनिएको छ ।

    उक्त विचारसँग असहमत पार्टीका नेताहरूसँग तत्काल संवाद गरी समस्याको समाधान गर्न अग्रसर हुने निर्णय समेत गरिएको प्रवक्ता प्रकाशचन्द्र परियारले जानकारी दिए । यस्तै, पार्टी नीति तथा हितविपरीत गतिविधिमा संलग्न नेताहरूलाई तत्कालै स्पष्टीकरण सोध्ने र आवश्यक कदम चाल्ने निर्णय पनि बैठकबाट गरिएको छ ।

    वैचारिक असहमतिका कारण राजीनामा दिएका र असन्तुष्ट भएर निष्क्रिय रहेका पार्टीका नेता तथा सदस्यहरूलाई पार्टीमा पुनः सक्रिय हुन अपिल गरिएको छ ।


    तेस्रो आँखा