दसैँको शुभकामना दिँदै प्रचण्डले भने - प्रतिगमन विरोधी शक्तिलाई मत दिनुस्

दसैँको शुभकामना दिँदै प्रचण्डले भने - प्रतिगमन विरोधी शक्तिलाई मत दिनुस्


  • 6.2K
    SHARES
    • आश्विन १६, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 9.5K Views

    दसैँको शुभकामना दिँदै प्रचण्डले भने - प्रतिगमन विरोधी शक्तिलाई मत दिनुस्

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आगामी  प्रतिगमन विरोधी शक्तिलाई मत दिन अपिल गरेका छन् । 

    images

    दसैँ, तिहार, छठ, नेपाल संवत्, ल्होसार लगायत चाडपर्वहरूको अवसरमा शुभकामना दिँदै अध्यक्ष प्रचण्डले प्रतिगमन विरोधी शक्तिलाई मत दिइ संविधान, गणतन्त्र, संघीयताको रक्षा र सुदृढीकरणका लागि अपिल गरेका हुन् ।

    चाडपर्वहरूको अवसरमा आइतबार बिहान एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले भनेका छन्, ‘आगामी मंसिर ४ गते हुनगइरहेको यस निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई मत दिई संविधान, गणतन्त्र, संघीयताको रक्षा र सुदृढीकरणका लागि विजय गराउनुहुन आम जनसमुदायमा हार्दिक अपील गर्दछु ।’

    यस्तै अध्यक्ष प्रचण्डले असत्य माथिको सत्यको विजयका रूपमा मनाइने नेपाली सांस्कृतिक पर्वहरूले सबैमा उत्साह, उमंग र राष्ट्रियताको जगेर्ना गर्ने उत्प्रेरणा पैदा गरोस् भन्दै शुभकामना दिएका छन् ।

    नेपालीहरूको मौलिक विशेषता भनेकै विविधतामा एकता रहेको उनको भनाइ छ । उनले सांस्कृतिक पर्वहरूले नेपाली समाजमा आपसी सहिष्णुता र भावनात्मक एकता पैदा गर्ने विश्वास व्यक्त गरेका छन् । 

    नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक मुलुक भएको उल्लेख गर्दै उनले देशको भाषा, संस्कृति र सभ्यताहरूको संरक्षण गर्दै तिनको समृद्धिमा लाग्नु सबैको दायित्व भएको बताएका छन् । 



  • सम्बन्धित विषय:

  • # प्रचण्ड

  • तेस्रो आँखा