• ट्रेण्डिङ्ग :
कांग्रेस पदाधिकारी पूर्वपदाधिकारी र प्रदेश सभापतिको बैठक बालुवाटारमा 

कांग्रेस पदाधिकारी पूर्वपदाधिकारी र प्रदेश सभापतिको बैठक बालुवाटारमा 


  • 4.6K
    SHARES
    • आश्विन १६, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 7.0K Views

    कांग्रेस पदाधिकारी पूर्वपदाधिकारी र प्रदेश सभापतिको बैठक बालुवाटारमा 

    काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र प्रदेश सभापतिको बैठक बालुवाटारमा जारी छ ।  नेपाली कांग्रेसका नेताहरु समानुपातिक र प्रत्यक्षतर्फको सिट बाँडफाँटको अन्तिम चरणमा पुगेका छन् ।

    images

    आज समानुपातिकतर्फको प्रदेश र प्रतिनिधि सभाको बन्दसूची बुझाउने अन्तिम दिन भएकाले कांग्रेस नेताहरु  छलफलमा जुटेका हुन् ।  संस्थापन इतर शेखर समूहले समानुपातिकतर्फ ११० को ४० प्रतिशत अर्थात् ४४ जनाको सूची दिएको छ । त्यसमध्ये ३५ जना समावेश गराउनै पर्ने अडान राखेको छ । 

    नेपाली कांग्रेसमा संस्थापन र इतरपक्षबीच उमेदवारीको विषयमा कुरा मिल्न सकेको छैन । सम्मानजनक सूची नदिए विद्रोह गर्ने शेखर समूहको चेतावनी छ । 

    यस्तै नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले समानुपातिक सूचीका केही नाम हेरफेर हुने बताएका छन् । तर, कतिजनाको नाम हेरफेर गरिन्छ भन्ने खुलाइएको छैन । 


    तेस्रो आँखा