• ट्रेण्डिङ्ग :
दसैंमा मासु
आँखा तेजिलो बनाउनेदेखि डिप्रेसनका लागि उपयोगी कुखुराको मासु

आँखा तेजिलो बनाउनेदेखि डिप्रेसनका लागि उपयोगी कुखुराको मासु


  • 4.9K
    SHARES
    • आश्विन १८, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 7.6K Views

    आँखा तेजिलो बनाउनेदेखि डिप्रेसनका लागि उपयोगी कुखुराको मासु

    काठमाडौं । हिन्दु नेपालीको घरघरमा दसैं भित्रिएको छ । दसैं राम्रो लगाउने र मिठो खाने पर्व हो । दसैंमा मासुलगायत विभिन्न परिकार बनाएर खाइने पर्व हो । यस पर्वमा खसीको मासु खानुपर्छ भन्ने मान्यता छ । आफ्नो रुचिअनुसार कुखुराको मासु पनि खाइने गरिन्छ । 

    images

    चिकेनमा प्रोटिनको मात्रा उच्च हुन्छ, जसले शरीर तथा मांसपेशीको विकासमा मद्दत पुर्‍याउँछ । यस्तै मानिस दुब्लो भएमा कुखुराको मासु खानु ज्यादै नैं उपयोगी हुन्छ । यसको मासु खाएमा शरीरमा स्फूर्ति बढ्ने हुन्छ । 

    यसैगरी डिप्रेसन, टाउको दुःखेकोलगायतका समस्या समाधान गर्न चिकेनको सुप पिउनु ज्यादै नैं फाइदाजनक मानिन्छ। कुखुराको सुपमा दिमागमा सिरोटोनिन नामक एक किसिमको पोषिलो तत्व हुन्छ । यसको सेवन गरेमा मानिसलाई मुडमा ल्याउने, तनाव, चिन्ता आदिबाट मुक्त गर्न मद्दत मिल्छ ।

    मानिसको उमेर बढ्दै गएपछि हड्डी कमजोर हुनु स्वभाविक हो । कुखुराको मासुमा पाइने प्रोटिनले हड्डीसम्बन्धी विभिन्न समस्याहरु कम भएर जान्छन् । चिकेनको सेवनले शरीरमा होमोसिस्टिन नामक एमिनो एसिडको मात्रा बढ्न दिँदैन । मुटु बलियो बनाउन पनि कुखुराको मासु उत्तिकै प्रभावकारी हुन्छ । 

    फस्फोरसको मात्रा उच्च हुनाले दाँत र हड्डीलाई बलियो बनाउनुका साथै किड्नी, लिभर र नर्भस सिस्टमलाई पनि मजवुत बनाउँछ । सेलेनियम नामक तत्वको मात्रा बढी हुनाले मानिसको थायराइड, हर्मोन्स, मेटाबोलिजम र इम्युनिटी सिस्टमलाई अझ मजवुत बनाउन उपयोगी हुन्छ । 

    यसैगरी, कुखुराको मासुमा रेटिनल, अल्फा तथा बिटा केरोटिन, लाइकोपिन, भिटामिनलगायत पाइने हुनाले जसले आँखालाई तेजिलो बनाउँछ । आँखालाइ रतन्धो हुनबाट पनि यसको सेवनले जोगाउने हुन्छ । बेलाबेलामा चिकेन खानाले आँखाको ज्योतिको शक्ति बढ्छ । यस्तै आँखा सुख्खा हुने, पानी आउने, मोतियाविन्दु हुने लगायत सम्भावना पनि कम हुने घरेलु आयुर्वेदिक उपचार पुस्तकमा उल्लेख गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # कुखुराको मासु

  • तेस्रो आँखा