काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाको नाम समानुपातिकको सूचीबाट पछि सारिएको छ ।
आरजुको नाम समानुपातिकको आठौं नम्बरमा थियो । यस्तै बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणको नाम पनि समानुपातिकको सूचीबाट पछि सारिएको छ ।
मञ्जुको नाम समानुपातिक सूचीको नवौं नम्बरमा नाम थियो । समानुपातिकको सूचीलाई अन्तिम रुप दिन बसेको कांग्रेस नेताहरुको बैठकले आरजु र मञ्जुको नाम पहिलेको स्थानभन्दा पछि सारेको एक जना पदाधिकारीले जानकारी दिए ।
निर्वाचन आयोगमा बुझाइएको समानुपातिकको बन्दसूची सच्याउने आज अन्तिम दिन हो । सूचीमा रहेका कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा असोज १७ गतेको मिति तोकिएको छ ।
