देउवालाई पौडेलको बधाई
देशलाई अस्थिरताबाट जोगाउन एकताबद्ध कांग्रेस आवश्यक  

देशलाई अस्थिरताबाट जोगाउन एकताबद्ध कांग्रेस आवश्यक  


  • 8.0K
    SHARES
    • मंसिर २९, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 12.3K Views

    देशलाई अस्थिरताबाट जोगाउन एकताबद्ध कांग्रेस आवश्यक  

    काठमाडौं, २९ मंसिर । नेपाल कांग्रेसको सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई नेता रामचन्द्र पौडेलले बधाई र शुभकामना दिँदै देशलाई अस्थिरताबाट जोगाउन एकताबद्ध कांग्रेस आवश्यक रहेको स्मरण गराएका छन् । 

    images

    कांग्रेसको १४औँ महाधिवेशनले देउवालाई सभापतिमै निर्वाचित गरेपछि बुधबार विज्ञप्ति जारी गरेर पौडेलले देशलाई अस्थिरता र अधोगतितिर धकेल्ने प्रपञ्च भइरहेकाले संकटबाट देशलाई पार लगाउन एकताबद्ध र सुदृढ कांग्रेसको आवश्यकता रहेको बताएका हुन् ।

    सबैलाई समेटेर सशक्त र एकताबद्ध कांग्रेस निर्माणमा देउवाको ध्यान पुग्नुपर्ने नेता पौडेलको भनाइ छ । 

    नेता पौडेलले जारी गरेको विज्ञप्ति : 

    नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित हुनुभएकोमा श्री शेरबहादुर देउवालाई म हार्दिक बधाई ज्ञापन गर्दछ । साथै, सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दछ ।

    हामी राष्ट्रिय जीवन र पार्टी जीवनको इतिहासको अत्यन्तै गम्भीर मोडमा छौं । एकातिर सात दशक लामो संघर्षबाट नेपाली जनताले स्थापित गरेको लोकतन्त्र र संविधान सभा मार्फत जारी संविधान अहिले पनि खतरामुक्त भइसकेको छैन भने अर्कातिर नेपाललाई अस्थीरता र अधोगतितिर धकेल्ने प्रपञ्च जारी छन् । यी दुवै संकटबाट देशलाई पार लगाउनका लागि एकताबद्ध र सुदृढ नेपाली कांग्रेस आजको आवश्यकता हो । सबैलाई समेटेर सशक्त र एकताबद्ध कांग्रेस निर्माणमा सभापतिको ध्यान पुगोस् अनि लोकतन्त्रको रक्षा र सुशासन दिन सफलता मिलोस् । जय नेपाल !

    मितिः २०७४/९/२९
    रामचन्द्र पौडेल

     न्युज कारखाना 


    तेस्रो आँखा