भिडियो रिपोर्टसहित
खसी, सुँगुर र राँगाभन्दा माछा र कुखुराको मासु स्वास्थ्यका लागि उत्तम !

खसी, सुँगुर र राँगाभन्दा माछा र कुखुराको मासु स्वास्थ्यका लागि उत्तम !


  • 30.2K
    SHARES
    • आश्विन २०, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 46.5K Views

    खसी, सुँगुर र राँगाभन्दा माछा र कुखुराको मासु स्वास्थ्यका लागि उत्तम !

    काठमाडौं । यसपालि २०७९ सालकी दसैं हरेक हिन्दू नेपालीको घरघरमा छ । चाड आएसँगै सबैको ध्यान मासुमा हुन्छ । मासुलाई नै सबैले बढी महत्व दिने गर्छन् । प्रायः धैरै मानिसले स्वादका लागि मासु खाने गर्छन् । तर मासुले मानिसलाइ स्वाद मात्र होइन, स्वास्थ्यका लागि फाइदा पनि दिन्छ । 

    images

    मासु सेवन गर्दाका धेरै खालका फाइदाहरू छन् । तर हामीले तरिका पुर्याएर खान जानेनौं भने धेरै वेफाइदाहरु पनि छन् । वास्तवमा मासुमा शरीरमा सजिलै सोसिन सक्ने उच्च गुणस्तरको प्रोटिन हुन्छ । केही भिटामिन तथा खनिज तत्वका लागि मासु उत्तम खानेकुरा मानिन्छ । हाम्रोजस्तो प्रोटिनको कमीका कारण धेरै कुपोषित भइरहेको मुलुकमा कुपोषणको दीर्घकालीन समाधानका लागि माछा, मासु, अण्डा राम्रा स्रोतहरू मानिन्छन् । तर यही फाइदाकर मासु खान नजानेमा फाइदाभन्दा समस्याहरु बढी हुन्छन् । 

    मासुको बढी प्रयोग मानव स्वास्थ्यका लागि फाइदाजनक नभएको विभिन्न अनुसन्धानहरुले देखाएका छन् । कतिपय मानिसले स्वादकै लागि दिनमा तीन छाकसम्म मासु प्रयोग पनि गरेका छन् । अनियन्त्रितरुपमा जथाभावी मासु प्रयोग गर्दा मानिसलाई फाइदाभन्दा बढी बेफाइदा पुर्याउँछ । 

    धेरैजसो मानिसलाइ कस्तो मासु लाभदायक हुन्छ भन्ने जानकारी पनि छैन । वास्तवमा मासुमा प्रोटिन, चिल्लो पदार्थ, भिटामिन, खनिज पदार्थ र पानीको मिश्रण हुने भएकाले शरीरलाई फाइदा पुर्‍याएको हुन्छ । 

    खाद्यिवद्हरु मरमसला,नु्नलगायत लगाएर पकाएको मासुभन्दा उसिनेको मासु स्वास्थ्यका लागि बढी हितकर हुने दाबी गर्छन् । उसिनेको मासु खाँदा अनावश्यक चिल्लो पदार्थबाट बच्न सकिन्छ । तर मिठासे जिव्रोका कारण मानिसहरु मसलेदार मासु प्रयोग गर्छन् । मसलेदार मासुको प्रयोग स्वास्थ्यका लागि पटक्कै राम्रो होइन । 

    विभिन्न रोग भएका मानसहरुले मासु खाँदा विशेष ध्यान पुर्‍याउँनु पर्छ । मिर्गौलाको समस्या, कोलेस्ट्रोल बढी, मधुमेह, उच्च रक्तचापलगायत भएमा बोसो नभएको मासु प्रयोग गर्दा राम्रो हुने चिकित्सकहरु बताउँछन् । मानिस स्वस्थ हुने हो भने रातो मासु धेरै कम खाने बानी बसाउनु पर्छ । तर, सेतो मासु भने स्वास्थ्यका लागि निकै नै‌ राम्रो मानिन्छ । खसी, सुँगुर, राँगाको भन्दा कुखुराको मासु र माछा स्वास्थ्यका लागि उत्तम हुने खाद्यविद्हरु बताउँछन् । 

    हामीले मासुमा भएको बोसो अत्यधिक प्रयोग गर्नु हुँदैन । मासुबाट छुट्टै निकालेर बोसो खाने गरिन्छ । तर, स्वस्थ शरीर बनाउने हो भने सकेसम्म बोसो निकालेर मात्र मासुको सेवन गर्नु् उत्तम हुन्छ । 

    कस्तो मासु नखाने ?

    हामीले बढी चिल्लो र पिरो हालेर मासु पकाउनु हुँदैन । बढी चिल्लो र पिरो मासु खाँदा ग्यास्ट्रिक, प्रेसर, बान्ता, अपच, फुड पोइजनलगायत समस्य हुन्छ । शरीरले पचाउने परिमाणमा मासू खाँदा केही मात्रामा राम्रो हुन्छ । तर धेरै मासुको प्रयोगले भने शरीरलाइ फाइदा होइन, हानि पुर्याउँछ । 

     हामीले मासुको सेवन गर्दा दिनमा तीन-चार पिस मात्र खाने बानीको विकास गर्नुपर्छ । खाना खाने समयमा भने मासु नखाएकै राम्रो हुने बताइन्छ । डिनरमा मासु खाँदा अपच हुने , मोटोपन बढ्ने लगायतका समस्या आउन सक्ने स्वास्थ्यविद्हरु बताउँछन् । मासु पकाएपछि प्राय: आजभोलि फ्रिजमा राख्ने गरिन्छ । तर मासु पकाएर फ्रिजमा राखेमा पौष्टिक तत्व नष्ट हुने खाद्यविद्हरु बताउँछन् । 

  • सम्बन्धित विषय:

  • # कुखुराको मासु
  • # माछा

  • तेस्रो आँखा