अर्घाखाँची । शितगंगा नगरपालिकामा रहेको डमरु दहमा डुबेर एक मृत्यु भएको छ । दहमा डुवेका शितगंगा ३ दह निवासी ३७ वर्षिय खिमबहादुर नेपालीको घटनास्थलमै ज्यान गएको हो ।
बिहान करिव ८ बजेतिर दहमा पसेका नेपालीलाई ईलाका प्रहरी कार्यालय ठाडाको प्रहरी टोली र स्थानियले पानी मुनि हिलोमा रहेको अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ ।
उद्धार गर्नासाथ नेपालीलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा पुर्याइएको छ । प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नभएका कारण मृत घोषणाको लागि भएपनि अन्यत्र पठाउने तयारी गरिएको छ ।
पानी मुनीबाट उद्धार गरिएका नेपालीको घटनास्थलमै ज्यान गएको ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक होमनाथ रेग्मीले जानकारी दिए, ‘यहाँ चिकित्सक हुनुहुन्न, चिकित्सकले घोषणा नगरेसम्म मृत भन्न मिल्दैन, उहाँ जीवित भने हुनुहुन्न ।’
नेपालीको परिवारमा आमा, श्रीमती र दुई छोरी छन् । श्रीमती भने रोजगारीको क्रममा भारतमा रहेकी छन् ।
हरिप्रसाद भुसाल
