एमालेको टिकट वितरण दसैँपछि

एमालेको टिकट वितरण दसैँपछि


  • 4.9K
    SHARES
    • आश्विन १६, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 7.6K Views

    एमालेको टिकट वितरण दसैँपछि

    काठमाडौं । नेकपा एमालेको टिकट वितरण दशैंको टीकापछि मात्रै हुने भएको छ । अध्यक्ष केपी शर्मा ओली टीकाको दिनसम्म गृह जिल्ला झापा रहने कार्यक्रम रहेकाले दशैंअघि टिकट वितरणको काम टिका पछि मात्र हुने भएको हो ।

    images

    अध्यक्ष ओली सोमबार बिहान ११ बजे झापा जाने कार्यक्रम रहेको छ । ओलीका पिता झापा नै भएकाले टीका लगाएर मात्रै काठमाडौं फर्कने कार्यक्रम रहेको रिजालले बताए ।

    ‘अरु नेताहरू पनि दशैं मनाउन गृह जिल्ला गएका कारण पनि टिकट वितरणमा ढिलाइ भएको उनको भनाइ छ ।  उनले भने’, रिजालले भने, ‘महासचिव शंकर पोखरेल दाङ पुग्नुभएको छ भने उपाध्यक्ष विष्णुप्रसाद पौडेल बुटवल हुनुहुन्छ ।’

    अध्यक्षसहित नेताहरु नै गृह जिल्लातिर लाग्ने कार्यक्रम भएकाले दशैंको टीका पछि मात्रै टिकट वितरणबारे निर्णय हुने उनले बताए ।

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली

  • तेस्रो आँखा