जनताप्रति उत्तरदायी नेतृत्वको खाँचो छ : अध्यक्ष लिङ्देन

जनताप्रति उत्तरदायी नेतृत्वको खाँचो छ : अध्यक्ष लिङ्देन


  • 4.3K
    SHARES
    • आश्विन १६, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 6.6K Views

    जनताप्रति उत्तरदायी नेतृत्वको खाँचो छ : अध्यक्ष लिङ्देन

    काठमाडौं । प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली राजनीतिमा जनताप्रतिको उतरदायी नेतृत्वका साथै बलियो राष्ट्रियताका लागि निष्ठाका खाँचो रहेको बताएका छन् ।  

    images

     पार्टी कार्यालयमा बडादसैँ, तिहार, नेपाल संवत् र छठका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष लिङ्देनले मुलुकमा इमान र त्यागको राजनीतिले मात्र देश विकास र जनतालाई समृद्धिको बाटोमा लैजान सकिने बताए । 

    उनले निकट भविष्यमा हुन लागेको प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनमा जनताले राष्ट्रवादी शक्तिलाई मतदान गर्ने विश्वास व्यक्त गरे । निर्वाचनमा जनताले गर्ने निर्णयबाट नेपाल र नेपालीको मुहार फेर्ने बताउँदै उनले चुनावको दिन राष्ट्र निर्माणमा ऐतिहासिक अवसरका रूपमा लिनुपर्ने बताए । 

    विजयादशमीका अवसरमा अध्यक्ष लिङ्देनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन् । 

  • सम्बन्धित विषय:

  • # राजेन्द्र लिङ्देन

  • तेस्रो आँखा