• ट्रेण्डिङ्ग :
आजको मौसम
प्रदेश १ र वाग्मती प्रदेशमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षा

प्रदेश १ र वाग्मती प्रदेशमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षा


  • 4.3K
    SHARES
    • आश्विन १७, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 6.6K Views

    प्रदेश १ र वाग्मती प्रदेशमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षा


    काठमाडौं ।  हाल देशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । अहिले देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रही प्रदेश १ र वाग्मती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
      
    महाशाखाका अनुसार सोमबार दिउँसो  प्रदेश १, मधेश प्रदेश र वाग्मती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहनेछ । प्रदेश १ र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  
      
    यस्तै सोमबार राती  देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १ का थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको  महाशाखाले नियमित बुलेटिनमार्फत जनाएको छ ।  

    images

    प्रदेश १ र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले उक्त क्षेत्रहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिमका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ।आवश्यक सतर्कता अपनाउन सर्वसाधारणमा महाशाखाले अनुरोध गरेको छ ।

  • सम्बन्धित विषय:

  • # मौसम

  • तेस्रो आँखा
    लेखकबाट थप