काठमाडौं । सत्ता गठबन्धनको बैठक सोमबार पनि बस्ने भएको छ । बैठकमा सिट बाँडफाँडबारे छलफल हुने बताइएको छ ।
सिट बाँडफाँटको टुंगो लगाउन आइतबार पनि पाँचदलीय गठबन्धनको बैठक बसेको थियो । बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूले सिट बाँडफाँडकै विषयमा छलफल गरेका छन् ।
जनता समाजवादी पार्टी (जसपा) ले अन्य राजनीतिक दलहरूसँग पनि चुनावी तालमेल खुला गर्ने निर्णय यसअघि नै गरिसकेको छ। जसपाले सिट बाँडफाँडमा असन्तुष्टि जनाएको छ । लामो समयदेखि सिट बाँडफाँडबारे छलफल गरिरहे पनि अझैसम्म पनि टुंगो लाग्न सकेको छैन ।
