समानुपातिकको सूचीमा रहेका उम्मेदवारले आज नाम फिर्ता लिन सक्ने

समानुपातिकको सूचीमा रहेका उम्मेदवारले आज नाम फिर्ता लिन सक्ने


  • 7.6K
    SHARES
    • आश्विन १७, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 11.7K Views

    समानुपातिकको सूचीमा रहेका उम्मेदवारले आज नाम फिर्ता लिन सक्ने

    काठमाडौं । प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फ बन्दसूचीमा रहेका उम्मेदवारले नाम फिर्ता लिन चाहेमा सोमबार निवेदन दिनुपर्ने भएको छ ।

    images

    हिजोसम्म शंशोधित बन्दसूची पेस गर्ने समय तोकिएको थियो । बन्दसूचीको अन्तिम नामावली २२ गते प्रकाशन हुने आयोगले जनाएको छ ।  “बन्दसूचीमा नाम भएकाले फिर्ता लिन चाहेमा आज फिर्ता लिन सक्नेछन् । नाम फिर्ता लिएको जानकारी दललाई गराउनुपर्छ,” आयोगले भनेको छ । 

    निर्वाचन आयोगका अनुसार आज सोमबार बिहान १० बजेदेखि १२ बजेसम्म निवेदन दिने समय तोकिएको छ। दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारी फिर्ताबारे सम्बन्धित दललाई जानकारी दिने आयोगको कार्यतालिका छ।

    आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक बन्दसूचीमा भएको त्रुटि सच्याउन निर्वाचन आयोगले दलहरूलाई दिएको समायावधी हिजो सकिएको थियो । 

    समानुपातिकतर्फ प्रतिनिधिसभामा ४८ दलले बन्दसूची पेस गरेका थिए । त्यसमध्ये प्रमुख दलसहित ३६ वटा दलले त्रुटि सच्याएर सूची बुझाइसकेका छन् ।

    आयोगका उपन्यायाधिवक्ता गुरु वाग्लेका अनुसार शनिबार नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चासहित ९ वटा दलले शनिबार संशोधित बन्दसूची पेस गरेका थिए । 

  • सम्बन्धित विषय:

  • # निर्वाचन आयोग

  • तेस्रो आँखा