काठमाडौं, २९ मंसिर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा विदेशी शक्तिको चलखेल बढेको बताएका छन् । उनले नियन्त्रित अस्थिरताका लागि काम भइरहेको भन्दै गम्भीर आपत्ती जनाएका हुन ।
लुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित मनोनियत केन्द्रीय सदस्यहरूको बुधबार शपथग्रहण कार्यक्रममा अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल त्यसको संवाहकको रुपमा काम गरेको आरोप लगाए । उनले अस्थिरता मच्चाउन खोज्ने शक्ति सक्रिय रहेको बताए ।
ओलीले अब दाहाल र नेपालसँग एकीकरण सम्भावना नभएको दावी रहेका थिए । उनले माओवादी केन्द्रको तत्कालीन सशस्त्र युद्धबारे ‘जनयुद्ध’ नभएर ‘अस्थिरता’ भएको टिप्पणी गरेका थिए । त्यसलाई उनले अस्तव्यस्त बनाउने विधिको रुपमा पनि अर्थ्याएका थिए ।
नेता ओलीले यसअघि पनि विदेशी शक्तिबाट नेपालमा नियन्त्रित अस्थिरता निम्त्याउन खोजेको प्रतिक्रिया दिएका थिए । उनले नेपालका लागि पूर्वभारतीय राजदूत रन्जित रेको हालै प्रकाशित पुस्तकलाई लक्षित गर्दै विदेशी शक्तिले एमालेको विषयमा गलत प्रचार गरेको दावी गरे ।
