काठमाडौं, २९ मंसिर । नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक अहिले बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा पदाधिकारीको मतगणना तयारीका विषयमा छलफल भइरहेको समिति सचिव जगन्नाथ श्रेष्ठले बताए । कांग्रेस १४ औं महाधिवेशन अन्र्तगत सोमबार सम्पन्न मतदान बैठक साढे १ मा सुरुभएको थियो ।
सभापतिको मतगणना गएराति सकिए लगत्तै पदाधिकारीको मतगणना आजदेखि सुरुगर्ने भनिएको थियो । निर्वाचन पदाधिकारीहरु लामो समय दिनरात खटिएकाले आजै साँझदेखि मतगणना गर्ने वा भोली बिहानदेखि सुरु गर्ने भन्ने विषयमा छलफल भइरहेको सचिव श्रेष्ठले बताए । ८४ मतपेटीमा रहेको मतगणना एकैसाथ सुरुगर्ने भएकाले गणकहरु थ्प गर्नुपर्ने सचिव श्रेष्ठले बताए ।
