लोसपाको अबरोधपछि प्रदेश २ काे बैठक स्थगित

 लोसपाको अबरोधपछि प्रदेश २ काे बैठक स्थगित


  • 7.0K
    SHARES
    • मंसिर २९, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 10.8K Views

     लोसपाको अबरोधपछि प्रदेश २ काे बैठक स्थगित

    काठमाडौं, २९ मंसिर । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)को अबरोधपछि प्रदेश २ को बैठक स्थगित भएको   छ । प्रदेश सभामा प्रदेश नम्बर २ सरकारको तर्फबाट समाजिक विकासमन्त्री नवल किशोर साहले अध्यादेश प्रस्तुत गर्न खोजेपछि लोसपाका सांसदहरु उभिएर विरोध गरेका थिए । बैठक १५ मिनेटलाई स्थगित भएको छ ।

    images

    सरकारले प्रदेश सभालाई छलेर ल्याएको प्रदेश कृषि विश्वविद्यालय अध्यादेश र प्रदेश प्राविधिक विश्वविद्यालय अध्यादेशको उद्देश्य प्रष्ट नरहेको भन्दै लोसपाका प्रदेश सांसदहरुले बैठक अवरुद्ध गरेका हुन् । 

    सभामुख सरोजकुमार यादवले समाजिक विकासमन्त्री साहलाई अध्यादेश प्रस्तुत गर्न अनुमति दिएपछि लोसपा संसदीय दलका सचेतक परमेश्वर साहले उभिएर बैठकमा अध्यादेश प्रस्तुत हुन नदिने बताएका थिए । अध्यादेश फिर्ता नभएसम्म बैठक चल्न नदिने लोसपाले अडान लिएको छ ।

     

  • सम्बन्धित विषय:

  • # लोसपा

  • तेस्रो आँखा