• ट्रेण्डिङ्ग :
 वाग्मतीलगायत यी प्रदेशमा आज भारी वर्षा

 वाग्मतीलगायत यी प्रदेशमा आज भारी वर्षा


  • 3.8K
    SHARES
    • आश्विन १८, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 5.8K Views

     वाग्मतीलगायत यी प्रदेशमा आज भारी वर्षा

    काठमाडौं ।  हाल देशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । अहिले देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रही प्रदेश १ र वाग्मती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
      
    महाशाखाका अनुसार मंगलबार दिउँसो  प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश,  गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
      
    यस्तै मंगलबार राती  देशभर सामान्य बदली रहनेछ । प्रदेश १, मधेश प्रदेश,  वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै  बागमती प्रदेश, गण्डकी प्रदेश  र लुम्बिनी प्रदेशका  थोरै र प्रदेश १, मधेश प्रदेशका एक-दुई  स्थानहरूमा  भारी वर्षाको सम्भावना रहेको  महाशाखाले नियमित बुलेटिनमार्फत जनाएको छ ।  

    images

    प्रदेश १गण्डकी प्रदेश  र लुम्बिनी प्रदेशका  थोरै र प्रदेश १, मधेश प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले उक्त क्षेत्रहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिमका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ।आवश्यक सतर्कता अपनाउन सर्वसाधारणमा महाशाखाले अनुरोध गरेको छ ।

  • सम्बन्धित विषय:

  • # मौसम

  • तेस्रो आँखा