कांग्रेस उपसभापतिको मतगणना साँझ ५ बजेदेखि 

कांग्रेस उपसभापतिको मतगणना साँझ ५ बजेदेखि 


  • 7.4K
    SHARES
    • मंसिर २९, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 11.3K Views

    कांग्रेस उपसभापतिको मतगणना साँझ ५ बजेदेखि 

    काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज उपसभापतिको मतगणना हुनेभएको  छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले बेलुका ५ बजेपछि उपसभापतिको मतगणना गर्ने सहमति गरेको केन्द्रीय निर्वाचन समिति सचिव केशव रिजालले बताए ।

    images

    यसअघि समिति आजै मतगणना गर्ने कि भोली बिहानदेखि सुरुगर्ने अन्यौलमा थियो । उपसभापतिको मतगणना पार्टी कार्यालय सानेपामा हुने छ । अहिले मतगणनाको तयारी भइरहेको निर्वाचन समितिले जनाएको छ । भोली महामन्त्रीको मतगणना सुरुगर्ने समितिले जनाएको भनाइ छ । समितिले राति दस बजेसम्म उपसभापतिको मत परिणाम आउने बताएको छ ।

    भोली महामन्त्रीको मत परिणाम आएपछि सहमहामन्त्री र केन्द्रीय सदस्यको मत गणना हुने सचिव रिजालले जानकारी दिए  । गत सोमबार उपसभापति लगायत पदाधिकारी र केन्द्रीय सदस्यका लागि मतदान भएको थियो । सबै मतपत्र पार्टी कार्यालय सानेपामा राखिएको छ ।  

  • सम्बन्धित विषय:

  • # कांग्रेस अधिवेशन

  • तेस्रो आँखा