काठमाडौं । सत्तारूढ गठबन्धनको आज बसेको बैठक निष्कर्ष विहिन बनेको छ । मंगलवार अपराह्नदेखि गठबन्धन दलका शीर्ष नेताहरू सिट बाँडफाँटबारे सहमति जुटाउन छलफलमा बसे पनि सहमति हुन नसकेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा शीर्ष नेता, तथा सिट बाँडफाँट कार्यदलका सदस्यबीच छलफल भएको थियो । तर, मंगलवारको बैठकमा पनि दलहरूबीचको दोहोरो दाबीबारे सहमति हुन नसकेको एक नेताले बताए ।
आजको बैठकमा सहमति नजुटेपछि बुधवार पुनः छलफल गर्ने गरी आजको बैठक टुंगिएको ति नेताले बताए । नेताहरूबीच बुधवार दिउँसो ३ बजे पुन प्रधानमन्त्री निवासमै छलफल हुने तय भएको छ ।
