• ट्रेण्डिङ्ग :
नेता रिजालले भने :सुन र पित्तल छुट्टियो

नेता रिजालले भने :सुन र पित्तल छुट्टियो


  • 8.4K
    SHARES
    • मंसिर २९, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 13.0K Views

    नेता रिजालले भने :सुन र पित्तल छुट्टियो

    काठमाडौं, २९ मंसिर । नेपाली काँंग्रेस नेता मिनेन्द्र रिजालले आफ्नो टिमको विजयी भइसकेको दावी गरेका छन् । काँग्रेस १४ औं महाधिवेशनमा सहभागि आफु निकट प्रतिनिधिलाई धन्यावाद दिने कार्यक्रममा नेता रिजालले आफ्नो समुहले उठाउँदै आएको पुस्तान्तरणको विचारको विजयी भएको  बताए । उनले भने हाम्रो समुहले प्रस्तुत गरेको जनताको काँग्रेस, जनताबीचको काँग्रेस र कार्यकतासहितको काँग्रेसको विचार विजयी भएको उनको तर्क थियो । 

    images

    रक्षामन्त्री समेत रहेका उनले सभापतिमा विजयी शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिदै आगामि दिनमा विचारको कदर गर्न आग्रह गरे । उनले हार जित ठुलो कुरा नभएको भन्दै १४ औं महाधिवेशनले काँग्रेसको अनुहार कस्तो भन्ने प्रष्ट पारेको बताए । उनले भनेः मानिसले जति आर्दशका कुरा गरेपनि अप्ठेरो र दुःखमा चरित्र पहिचान हुन्छ ।

    नेता प्रकाशमान सिंह प्रति लक्षित गर्दै उनले भनेः सुन र पित्तल छुट्टियो । आगामि दिनमा गम्भीर भएर अघि बढ्नु पर्छ । उनी सो समुहबाट महामन्त्रीका उम्मेदवार हुन । 

  • सम्बन्धित विषय:

  • # कांग्रेस अधिवेशन

  • तेस्रो आँखा