• ट्रेण्डिङ्ग :
ओली दम्पतीले लगाए राष्ट्रपतिसँग टीका 

ओली दम्पतीले लगाए राष्ट्रपतिसँग टीका 


  • 3.5K
    SHARES
    • आश्विन १९, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 5.3K Views

    ओली दम्पतीले लगाए राष्ट्रपतिसँग टीका 

    काठमाडौं  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले श्रीमती राधिका शाक्यसहित राष्ट्रपति विद्यादेवी भण्डारीसँग टीका तथा जमरा लगाएका छन् ।   

    images

    गृह जिल्ला झापामा बिहान ११ बजेर ५१ मिनेटको शुभ साइतमा पिता मोहनप्रसाद ओलीको हातबाट टीका ग्रहण गरेका ओली राष्ट्रपतिको हातबाट टीका लगाउन शीतल निवास पुगेका थिए ।

    मुख्य राजनीतिक दलका नेतामध्ये ओली मात्र राष्ट्रपतिका हातबाट टिका लगाउन पुगेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले भातृ शोकका कारण टीका लगाएनन् भने पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कहिल्यै पनि कसैसंग गएर टिका लगाउने गरेका छैनन् । अन्य शिर्ष नेताहरु पनि कोही राष्ट्रपतिसंग टिका लगाउन नआएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    यसैबीच, राष्ट्रपति भण्डारीले सर्वसाधारण र उच्च पदस्थ अधिकारीलाई टीका लगाइदिएकी छन् । बुधबार सितलनिवासमा राष्ट्रपति भण्डारीले आम सर्वसाधारण तथा उच्च पदस्थ अधिकारीलाई दसैँको उपलक्ष्यमा टीका लगाइदिएकी हुन् ।


    तेस्रो आँखा