• ट्रेण्डिङ्ग :
स्कुटर दुर्घटना हुँदा एमाले नेतृ चौधरीको मृत्यु

स्कुटर दुर्घटना हुँदा एमाले नेतृ चौधरीको मृत्यु


  • 3.7K
    SHARES
    • आश्विन २०, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 5.7K Views

    स्कुटर दुर्घटना हुँदा एमाले नेतृ चौधरीको मृत्यु

    रूपन्देही । नेकपा एमाले रुपन्देहीकी युवा नेतृ २१ वर्षीया झरना चौधरीको मृत्यु भएको छ । दसैँको दिन बुटवल घरमा टीका लगाएर बर्दघाट मामाघरमा टीका लगाउन जाने क्रममा रुपन्देही धकदईमा स्कुटी दुर्घटनामा परि उनको निधन भएको जिल्ला प्रहरी कार्यालयर रुपन्देहीले जनाएको छ । लु ४१ प ९८७ नम्बरको स्कुटरमा सवार उनलाई लु १ ज २८५३ नम्बरको कारले ठक्कर दिँदा घाइते भएकी थिइन् ।

    images

    उपचारका लागि भीम अस्पताल पुर्‍याइए पनि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरीकार्यालय रुपन्देहीका डीएसपी एवं प्रवक्ता श्यामु अर्यालले बताए ।

    चौधरी नेकपा एमाले लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ६ को सचिव र अनेरास्ववियु रुपन्देही जिल्ला कमिटीको सहसचिव थिइन्  । राजनीति र सामाजिक क्षेत्रमा सक्रिय चौधरी एमाले लुम्बिनी सांस्कृतिक नगरपालिका ६ मा सर्वसम्मत रुपमा सचिवमा चयन भएकी थिइन् ।

    तिलोत्तमा– ३ सिर्जनानगर स्थायी घर भएकी उनी परिवारसहित लुम्बिनी सांस्कृतिक नगरपालिकास्थित लुम्बिनी बौद्ध विश्वविद्यालयमा बस्दै आएकी थिइन् । बुधबार घरमा दसैंको टीका लगाएर नवलपरासीस्थित मामाघर जाँदै गर्दा दुर्घटनामा परी चौधरीको मृत्यु भएको एमाले जिल्ला कमिटी सदस्य सन्दीप गुप्ताले बताए ।


    तेस्रो आँखा