राप्रपाले टुंग्यायो उम्मेद्‌वार

राप्रपाले टुंग्यायो उम्मेद्‌वार


  • 6.9K
    SHARES
    • आश्विन २१, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.6K Views

    राप्रपाले टुंग्यायो उम्मेद्‌वार

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभरबाट उम्मेद्‌वारको नाम टुंग्याएको छ ।

    images

    पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनका अनुसार सबै जिल्ला कार्यसमितिले दुवै निर्वाचनका लागि पठाएका करिब सात सय उम्मेद्‌वार मध्येबाट प्रतिनिधिसभामा १६५ र प्रदेशसभामा ३३० उम्मेद्‌वार केन्द्रले छनोट गरेको छ । विभिन्न राजनीतिक दलबाट तालमेलका लागि प्रस्ताव आइरहेकाले जिल्लाको वस्तुस्थितिका आधारमा जुनसुकै राजनीतिक दलसँग पनि तालमेल गर्न पार्टीले जिल्ला समितिलाई सुझाव दिएको छ ।

    समान विचार भएका केही दल तथा समूहसँग एकताका लागि पार्टीले आग्रह गरेकाले पनि परिवर्तित अवस्थामा केही पार्टीसँग तालमेल हुनसक्नेछ । त्यसरी तालमेल भएमा केही निर्वाचन क्षेत्रका उम्मेद्‌वारको नाम परिवर्तन हुनसक्ने राप्रपाले जनाएको छ ।

    राप्रपा र नेकपा एमालेको शीर्ष नेतृत्वबीच तालमेलका लागि छलफल भइरहेकाले के कति सिट संख्यामा समझदारी कायम हुन्छ, त्यसका आधारमा सम्बन्धित जिल्ला कार्यसमितिले केही उम्मेद्‌वारका नाम परिवर्तन गर्नेछ । दुवै पार्टीका अध्यक्षबीच आज (शुक्रबार) भेट गरी तालमेलमा सिटको टुंगो लगाउने कार्यतालिका छ ।   

    जिल्ला निर्वाचन कार्यालयमा यही असोज २३ गते जिल्ला कार्यसमितिले केन्द्रसँग समन्वय गरी राप्रपाले उम्मेद्‌वारको नाम दर्ता गराउने तयारी गरेको पनि जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # राप्रपा

  • तेस्रो आँखा