काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पाँचदलीय सत्ता गठबन्धनमा सिट बाँडफाँट टुंगो लगाउन शीर्ष नेताको बैठक बालुवाटारमा जारी छ ।
बिहान ९ बजेबाट बैठक जारी भएपनि दलहरुबीच सिट बाँडफाँटमा सहमति हुन नसकेको बैठकमा सहभागी एक नेताले बताए । बैठकमा शीर्ष नेता सहभागी छन् । सिट बाँडफाँटमा सहमति जुटाउँन लगातार बैठक बसे पनि सहमति भने हुन सकेको छैन ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि असोज २३ गते उमेदवारी दर्ताको कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ । मिति नजिकिँदै जाँदा सहमति नभएपछि गठबन्धनका दललाई दबाब छ ।
