• ट्रेण्डिङ्ग :
मौसम पूर्वानुमान
आजको मौसम कस्तो छ ? 

आजको मौसम कस्तो छ ? 


  • 5.2K
    SHARES
    • आश्विन २१, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 8.1K Views

    आजको मौसम कस्तो छ ? 

    काठमाडौं । हाल  सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । सुदूर पश्चिम, लुम्बिनी र गण्डकीका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

    images

    महाशाखाका अनुसार, आज (शुक्रबार) दिउँसो कर्णाली र सुदूरपश्चिममा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    सुदूरपश्चिम प्रदेशका  केही,  कर्णाली प्रदेशका थोरै  र लुम्बिनी तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति भने, कर्णाली र सुदूरपश्चिममा सामान्यदेखि पुर्ण बदली र बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेनेछ ।

    कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै र बाँकी प्रदेशका थोरै  स्थानहरूमा मेघ गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

  • सम्बन्धित विषय:

  • # मौसम

  • तेस्रो आँखा
    लेखकबाट थप