बाढी–पहिरो
पृथ्वी राजमार्ग अवरुद्ध

पृथ्वी राजमार्ग अवरुद्ध


  • 4.2K
    SHARES
    • आश्विन २१, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 6.5K Views

    पृथ्वी राजमार्ग अवरुद्ध

    गत बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण पृथ्वीराजमार्गअन्तर्गत तनहुँ खण्डको दुई स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । आज बिहान म्याग्दे–१ गुणादी र व्यास नगरपालिका–१२ घाँसीकुवामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । 

    तनहुँ । गत बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण पृथ्वीराजमार्गअन्तर्गत तनहुँखण्डको दुई स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । आज बिहान म्याग्दे–१ गुणादी र व्यास नगरपालिका–१२ घाँसीकुवामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । 

    images

    म्याग्देखण्डमा राति २ः४० मा र व्यास खण्डमा बिहान ६ः३० मा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएका त्यहाँ  एस्काभेटर र डोजर परिचालन गरिसकिएको  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए । राजमार्ग अवरुद्ध भएकाले  सयौँ सवारीसाधान रोकिँदा यात्रुले सास्ती भोग्नुपरेको बताइएको छ ।

    • फाइल फोटो

  • सम्बन्धित विषय:

  • # पृथ्वी राजमार्ग

  • तेस्रो आँखा
    लेखकबाट थप