उपत्यकामा भएका विभिन्न घटनामा ७ जनाको मृत्यु

उपत्यकामा भएका विभिन्न घटनामा ७ जनाको मृत्यु


  • 5.4K
    SHARES
    • आश्विन २१, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 8.3K Views

    उपत्यकामा भएका विभिन्न घटनामा ७ जनाको मृत्यु

    काठमाडौं । काठमाडौं उपत्यकामा बडादसैँको फूलपातीदेखि आज (शुक्रबार) दिउँसोसम्म विभिन्न घटना/दुर्घटनामा सातजनाको ज्यान गएको छ । मृत्यु हुनेमा चार पैदलयात्रु र तीनजना मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने रहेको प्रहरीले जनाएको छ । 

    images

    उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहप्रवक्ता (प्रहरी उपरीक्षक) अवदेश विष्ट क्षेत्री पर्वका अवसरमा यसपटक तुलनात्मक रुपमा धनजनको क्षति कम भएको बताउँछन् । उनले सवारीसाधन व्यवस्थापनमा दिनरात नभनी ट्राफिक प्रहरी सडकमा खटिएकाले पनि क्षति कम भएको दाबी गरे । काठमाडौं उपत्यकामा शुक्रबार सार्वजनिक सवारीसाधन सामान्य अवस्थामा गुडिरहेका छन् भने बालबालिकाका साथ टीका जमरासहित आ-आफ्नो निवास तथा आफन्तजनकहाँ पुग्न  दौडधुप गरिरहेका देखिन्छन् ।

    प्रयोगकर्ता बढेका कारण खासगरी ट्याक्सीतर्फ सर्वसाधारणको ध्यान बढी गएको देखिन्छ । सडकबजारका प्रमुख चोकमा सार्वजनिक सवारीसाधन कुर्ने, ओर्लने र चढ्ने यात्रुको सङ्ख्या उल्लेखनीय छ । शुक्रबार बिहान काठमाडौं उपत्यकाको मौसममा सुधार भए पनि दिउँसोदेखि बादल लाग्नुका साथै अहिले साँझ भने झरी परिरहेको छ । दसैंका दिन रातिदेखि बिहीबार दिनभर काठमाडौं उपत्यकामा झरी परेको थियो । शुक्रबार दिउँसोसम्म मौसम सफा रहेकाले चहलपहल ह्वात्तै बढेको थियो भने साँझ झरी परेसँगै सडक सुनसान देखिन्थे । 

    यहाँबाट बाहिरिनेको तुलनामा काठमाडौं उपत्यकामा भित्रिने सवारीसाधन र यात्रुको सङ्ख्या बढ्न थालेको कलंकी चोकमा खटिएका ट्राफिक प्रहरी हवल्दार मेखराज खत्रीले जानकारी दिए । वर्षासँगै पहिरोका कारण त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग र मुग्लिङ-नारायणगढ खण्ड बन्द हुने र खुल्ने/खुलाउने क्रम जारी रहेको छ ।

  • सम्बन्धित विषय:

  • # दुर्घटना

  • तेस्रो आँखा