प्रतिनिधि/प्रदेशसभा निर्वाचन
यी हुन् एकीकृत समाजवादीका १९ उम्मेद्‌वार : नेपाल रौतहट र खनाल इलाम (सूचीसहित)

यी हुन् एकीकृत समाजवादीका १९ उम्मेद्‌वार : नेपाल रौतहट र खनाल इलाम (सूचीसहित)


  • 6.1K
    SHARES
    • आश्विन २२, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 9.3K Views

    यी हुन् एकीकृत समाजवादीका १९ उम्मेद्‌वार : नेपाल रौतहट र खनाल इलाम (सूचीसहित)

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो भागमा परेका १९ क्षेत्रमा उम्मेद्‌वार टुंग्याएको छ । पार्टी उच्च स्रोतका अनुसार अध्यक्ष माधवकुमार नेपाल रौतहट १ र वरिष्ठ नेता झलनाथ खनालले इलाम १ बाट उम्मेद्‌वारी दिनेछन् । 

    images

    उदयपुर २ बाट जगन्नाथ खतिवडा, बारा ४ बाट कृष्णकुमार (किसान) श्रेष्ठ, काठमाडौं क्षेत्र ८ बाट जीवनराम श्रेष्ठ, ललितपुर २ बाट कृष्णलाल महर्जन तथा धादिङ १ बाट राजेन्द्रप्रसाद पाण्डेलाई उम्मेद्‌वार बनाउने पार्टीले निर्णय गरेको हो । यस्तै मकवानपुर २ बाट विरोध खतिवडा, कास्की २ बाट श्रीनाथ बराल, गुल्मी २ बाट रामकुमारी झाँक्री, पाल्पा २ बाट सोमप्रसाद पाण्डे, रुपन्देही २ बाट राजु गुरुङ र दाङ क्षेत्र नम्बर १ बाट मेटमणि चौधरीलाई उम्मेद्‌वार बनाउने भएको छ । 

    यस्तै सल्यानबाट प्रकाश बुढाथोकी (ज्वाला), डोल्पाबाट धनबहादुर बुढा मगर, दैलेख १ बाट अम्बरबहादुर थापा, अछाम १ बाट शेरबहादुर कुवँर, बझाङबाट भानुभक्त जोशी र डोटीबाट प्रेमबहादुर आलेलाई उम्मेद्‌वार बनाउने निर्णय गरेको हो ।

  • सम्बन्धित विषय:

  • # एकीकृत समाजवादी

  • तेस्रो आँखा