काठमाडौं । नेकपा एमाले परित्याग गरेका घनश्याम भुसालले रुपन्देही १ बाट स्वतन्त्र उम्मेद्वारी दिने तयारीमा छन् । उनलाई सत्तारुढ पाँचदलीय गठबन्धनले सघाउनेछ ।
सत्तारुढ गठबन्धनमा रुपन्देही १ नेकपा माओवादी केन्द्रको भागमा परेको छ । भुसालले आफ्नो गृहनगर मणिग्रामसमेत पर्ने रुपन्देही १ बाट उम्मेद्वारीको दाबी गर्दै आएका थिए । एमालेले उनलाई उम्मेदवार नबनाएपछि शनिबार मात्रै पार्टी त्यागेको घोषणा गरेका थिए ।
स्रोतका अनुसार शनिबार बेलुकीसम्ममा भुसालले उम्मेद्वारीको औपचारिक घोषणा गर्ने तयारी छ ।
