• ट्रेण्डिङ्ग :
प्रतिनिधि/प्रदेशसभा निर्वाचन
प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता आज

प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता आज


दलले प्रायः अन्तिम समयमा मात्रै उम्मेद्‌वारी मनोनयनको निर्णय गर्ने प्रवृत्ति रहेको र विद्यमान कानुनी अवस्थाभित्र निर्वाचन कार्यक्रम हेरफेर गर्ने आधार नदेखिएकाले कार्यक्रम यथावत् राखिएको छ : आयोग

  • 6.5K
    SHARES
    • आश्विन २३, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 9.9K Views

    प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता आज

    काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा चुनावका लागि प्रत्यक्षतर्फको उम्मेद्‌वारी दर्ता आज (आइतबार) हुँदै छ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद‌्‌वार आफैं वा प्रतिनिधि वा वारेसनामाबाट पनि मनोनयनपत्र दर्ता गर्न सकिने गरी निर्वाचन आयोगले व्यवस्था मिलाएको छ ।

    images

    यसका लागि आयोगले आवश्यक संरचना, जनशक्ति र सुरक्षा प्रबन्धसहित सम्पूर्ण व्यवस्था मिलाइसकेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जनाएका छन् । थपलियाले निर्वाचन आयोग सम्पूर्ण राजनीतिक दल, उम्मेद्‌वार र सम्बन्धित पक्षलाई निर्धक्क भएर मतदाताबीच पुगी अनुमोदित हुने आफ्नो अधिकार प्रयोग गर्न आह्वानसमेत गरेका छन् । 

    उनले मनोनयनपत्र दर्ता गर्दा नेपालको संविधान र विद्यमान कानुनको व्यवस्था र मर्मबमोजिम सबै वर्ग, लिंग, जाति, क्षेत्र र समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेद्‌वारी मनोनयन गर्न सम्पूर्ण राजनीतिक दललाई आग्रह गरे ।

    आयोगद्वारा जारी आचारसंहिताको पूर्ण पालना गर्नसमेत सम्बन्धित सबैमा उनले आग्रह गरेका छन् । प्रमुख आयुक्त थपलियाले विविध कारणवश केही दलले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेद्‌वारको मनोनयनपत्र दर्ताको कार्यक्रम केही पर सारिदिन वा तीन दिनसम्म उक्त कार्यक्रम निरन्तर गर्न आग्रह गरे पनि दलले प्रायः अन्तिम समयमा मात्रै उम्मेद्‌वारी मनोनयनको निर्णय गर्ने प्रवृत्ति रहेको र विद्यमान कानुनी अवस्थाभित्र निर्वाचन कार्यक्रम हेरफेर गर्ने आधार नदेखिएकाले कार्यक्रम यथावत् राखिएको पनि स्पष्ट पारे ।

    उनले उम्मेद्‌वारले वारेसनामा वा प्रतिनिधिका माध्यमबाट पनि मनोनयनपत्र दर्ता गराउन सक्ने भएकाले सोका लागि आधिकारिक पत्र, वारेसनामा र निस्साजस्ता कागजात सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उपलब्धसम्म गराएर दल र उम्मेद्‌वारलाई सहजीकरण गर्न आयोग तत्पर रहेको स्पष्ट गर्दै आवश्यकता र औचित्यताका आधारमा निर्वाचन आचारसंहिता, २०७९ मा संशोधन गरिएको जानकारी दिए ।

    निर्वाचनका लागि यही असोज २० गतेसम्ममा पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत ७७ र निर्वाचन अधिकृतको कार्यालय ८८ स्थानमा गरी १६५ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ ।

  • सम्बन्धित विषय:

  • # प्रतिनिधि/प्रदेशसभा निर्वाचन
  • # मंसिर ४

  • तेस्रो आँखा