• ट्रेण्डिङ्ग :
मंसिर ४ निर्वाचन
उम्मेद्‌वार मनोनयनपत्र दर्ता प्रक्रिया जारी

उम्मेद्‌वार मनोनयनपत्र दर्ता प्रक्रिया जारी


  • 4.5K
    SHARES
    • आश्विन २३, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 6.9K Views

    उम्मेद्‌वार मनोनयनपत्र दर्ता प्रक्रिया जारी

    काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको उम्मेदवार मनोनयनपत्र दर्ता प्रक्रिया सुरु भएको छ ।

    images

    प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि मुलुकका विभिन्न स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारहरूले मनोनयनपत्र दर्ता गर्न सुरु गरेका  निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।

    प्रत्यक्षतर्फ देशभरिका एक सय ६५ प्रतिनिधिसभा र तीन सय ३० प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको हो । बिहान १० बजे सुरु भएको उम्मेदवारी दर्ता   साँज ५ बजेसम्म सञ्चालन हुनेछ । मनोनयनपत्र दर्ता उम्मेदवार स्वयम् उपस्थित  भई वा प्रतिनिधिमार्फत गर्न पाइने व्यवस्था गरिएको आयोगले जनाएको छ ।