धनुषा ३ बाट महतो आउट झा इन !

धनुषा ३ बाट महतो आउट झा इन !


  • 5.3K
    SHARES
    • आश्विन २३, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 8.1K Views

    धनुषा ३ बाट महतो आउट झा इन !

    धनुषा । सत्ता गठबन्धनले धनुषा ३ मा प्रतिनिधिसभा सदस्यका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अनिल झालाई उम्मेद्‍वार बनाउने निर्णय गरेको छ ।

    images

    धनुषा ३ बाट यसअघि निर्वाचित राजेन्द्र महतो र झा दुवैजनाले आ-आफ्नै दाबी गरिरहेका थिए । शनिबार अबेरसम्म गरेको छलफलपछि गठबन्धनले झाको नाम टुंगो लगाएको हो ।

    यस क्षेत्रमा जसपा र नेकपा एमालेको साझा उम्मेद्‌वार जुली महतो र सत्तारूढ गठबन्धनको उम्मेदवार झाबीच प्रतिस्पर्धा हुनेछ।

    आगामी निर्वाचनमा एमालेले आफ्नै उम्मेद्‌वार उठाउने भएपछि राजेन्द्र सर्लाहीबाट उम्मेद्‌वारी दिन गएका थिए । तर लोसपाको सत्तारूढ दलसँग चुनावी तालमेल मिलेपछि पुनः धनुषा ३ बाट उम्मेद्‌वारी दिने सोचमा थिए । गठबन्धनले अन्तिम समयमा झालाई उम्मेद्‌वार बनाइएको हो ।

  • सम्बन्धित विषय:

  • # राजनीति

  • तेस्रो आँखा