स्वर्णीम वाग्लेले टिकटै पाएनन्

स्वर्णीम वाग्लेले टिकटै पाएनन्


  • 5.7K
    SHARES
    • आश्विन २३, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 8.8K Views

    स्वर्णीम वाग्लेले टिकटै पाएनन्

    काठमाडौं । चुनाव लड्ने तयारी गरेका अर्थविद् डा. स्वर्णीम वाग्लेले टिकट नै पाएनन् । उनी चितवन १ बाट चुनाव लड्न चाहन्थे । तर, उनलाई नेपाली कांग्रेसले उम्मेद्‌वार बन्नबाट वञ्चित गरेको छ ।

    images

    प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले वाग्लेलाई टिकट नदिएका हुन् । वाग्लेसँग देउवापत्नी डा. आरजु राणाको सम्बन्ध राम्रो छैन । उनले केही सञ्चारमाध्यममा चितवन १, गोरखा १ र काठमाडौं ५ जहाँबाट भए पनि चुनाव लड्ने योजना सुनाएका थिए । उसो त वाग्लेको नाम चितवन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएको थियो ।

    तर, उनले उम्मेद्‌वारीका लागि इच्छा देखाएको चितवन १ मा डा. विश्वनाथ पौडेल चुनाव लड्ने भएका छन् । यता, काठमाडौं ५ भने प्रदीप पौडेल उठ्ने भएका छन् ।

    महामन्त्री गगन थापाले पनि वाग्लेलाई उम्मेद्‌वार बनाउन जोडबल गरेका थिए । उनले अन्यत्र नमिले आफ्नै क्षेत्र (काठमाडौं ४) छाडिदिन तयार रहेको बताएका थिए । तर पार्टी सभापति देउवाले अस्वीकार गरे । देउवाले काठमाडौं ४ मा गगन उम्मेद्‌वार नबने वाग्लेको सट्टा अर्कै व्यक्तिलाई टिकट दिने बताएपछि कुरा नमिलेको बताइन्छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # स्वर्णीम वाग्ले

  • तेस्रो आँखा